राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा
राष्ट्रपति पौडेलले आजै दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिए।
काठमाडौं, कात्तिक ७ : राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाइदिएका छन्।

उनले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिए।

त्यस्तै राष्ट्रपति पौडेलले आजै दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिए।















प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











