Kathmandu Press

राष्ट्रियसभाका अध्यक्षद्वारा विजयादशमीको शुभकामना

राष्ट्रियसभाका अध्यक्षद्वारा विजयादशमीको शुभकामना

काठमाडौँ, कात्तिक ७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। 

विजया दशमीका आवरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समाजलाई सभ्य, शान्तिपूर्ण, मावनतापूर्ण, समतापूर्ण, सुसंस्कृति र शिक्षित समाजका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले जनतामा पलायको समृद्धिको सपना पूरा गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन्। 

अध्यक्ष तिमिल्सिनाले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा उल्लेख गरेको बताएका छन्। सामाजिक, सांस्कृतिक,  चाडपर्व, मूल्य मान्यता, तथा चलन रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गको रुपमा रहेको उनको भनाइ छ।

प्रकाशित मिति: ०८:४४ बजे, मंगलबार, कात्तिक ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्