Kathmandu Press

 दशैंमा गाउँ फर्किनेको संख्या बढ्दै गएपछि उपत्यकाका सडक सुनसान

 दशैंमा गाउँ फर्किनेको संख्या बढ्दै गएपछि उपत्यकाका सडक सुनसान

काठमाडौँ, कात्तिक ५ : दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्रायः देखिएका छन्। 

दशैंको सप्तमी दिन केहि चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखिएको हाे। नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो।

दशैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो। सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्।

सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्।

road-khali-1697974284.jpg

road-khali-12345-1697974283.jpg

road-khali-123-1697974281.jpg

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, कात्तिक ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्