Kathmandu Press

धादिङमा ४ म्याग्निच्युडभन्दा माथिका ४ परकम्प

धादिङमा ४ म्याग्निच्युडभन्दा माथिका ४ परकम्प

काठमाडौं, कात्तिक ५ : बिहान ७ बजेर ३९ मिनेटमा  धादिङकाे साबिक खरी गाविस केन्द्रबिन्दु भई  केन्द्रबिन्दु भएर पुन फरकफरक समयमा तीनवटा भूकम्पको परकम्प गएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२, ८ बजेर २८ मिनेट जाँदा मा ४.३,  ८ बजेर ५९ मिनेट जाँदा ४.१ र चार बजेर तफन मिनेट जाँदा ४.४ म्याग्निच्युडको परकम्पन गएको हो।

धादिङसहित काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको थियो। बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्।

 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, कात्तिक ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्