इजरायलमा मारिएकामध्ये ३ को शव नेपाल आइपुुग्यो
काठमाडौं, कात्तिक ५ : इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ।
आइतबार विहान त्रिभुवन विमानस्थलमा उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको हो। चारजनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी, दिपेश राज विष्ट र आशिष चौधरीको शव मात्र नेपाल आइपुगेको छ।
प्रकाशित मिति: १४:२८ बजे, आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











