Kathmandu Press

राष्ट्रपतिपौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपतिपौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

काभ्रे, कात्तिक ५ : राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमापलाञ्चोक भगवतीको दर्शन तथापूजाअर्चना गरेका छन्। आइतबार बिहान राष्ट्रपतिपौडेलपलाञ्चोक भगवतीमन्दिरमादर्शन गरेका हुन्। 

बड़ादशैँकाअवसरमामहाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोक सहितनवदुर्गा भगवतीको दर्शन तथापूजाअर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालनगरपालिका –९ स्थितपलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ। 

2-1697963758.jpg

पलाञ्चोकभगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमानिर्माणभएको हो। पलाञ्चोकभगवतीलाई भगवतीको जेठीदिदीको  रुपमा समेत लिने गरिन्छ। 

जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीयबुद्धको सपनामाप्रकटभई आफू रहेको स्थानबाटउत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ। 

3-1697963757.jpg

भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममाहालको मन्दिर रहेको स्थानमापुग्दा रात परेपछित्यहीँबास बसेको र भोलिपल्टबिहानत्यहाँबाटमूर्तिलाई अन्यत्र लैजान स्थानीय ६० घरधुरीको मद्दतबाटपनिभगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखीपूजाआजागर्दैआएको किंवदन्ती रहेको छ। 
 

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, कात्तिक ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्