Kathmandu Press

कतै हिलाे कतै धुलाे : यात्रुलाई सास्ती [तस्बिरहरू]

'पहिला मुग्लिन देखि दमौली आइपुग्न करिब २ घण्टा लाग्ने गरेकोमा अहिले सडकको अवस्थाले ५ देखि ६ घण्टा लाग्ने गरेको छ।'
कतै हिलाे कतै धुलाे : यात्रुलाई सास्ती [तस्बिरहरू]

पृथ्वी राजमार्ग विस्तारको कामले दशैको बेलामा यात्रु हरुले सास्ति भोग्नु परेको छ। नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक संजालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै ब्यस्त सडकमा गनिन्छ। घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडि यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ।

photo_l-17-1697884577.jpg

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको मा दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत रहेको छ। काम सम्पन्न गर्नुपर्ने म्याद अझै थप्दा पनि प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ। अहिलेको समयमा ओहोरदोहोर गर्ने यात्रुहरुको चाप छ।

photo_l-18-1697884579.jpg

सडक अवस्सथाले समस्या खेप्नु परेको यात्रुहरु बताउछन। दशैको समयमा वर्षेनि काठमाडौं बाट घर फर्किदै आइरहेका दमौलिका रमेश ढकाल यो वर्ष निकै सास्तीका साथ यात्रा गरेको बताउँछन्। 'ठेकेदार हरुको ढिला सास्तीले गर्दा समयमै घर नपुग्ने समस्या भएको छ,' उनि भन्छन्, 'पहिला मुग्लिन देखि दमौली आइपुग्न करिब २ घण्टा लाग्ने गरेकोमा अहिले सडकको अवस्थाले ५ देखि ६ घण्टा लाग्ने गरेको छ।'

photo_l-16-1697884575.jpg

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत रहेको छ।त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ। यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ। यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ।

photo_l-15-1697884573.jpg

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

photo_l-06-1697884550.jpg

photo_l-05-1697884549.jpg

photo_l-03-1697884546.jpg

photo_l-04-1697884546.jpg

photo_l-02-1697884542.jpg

photo_l-01-1697884542.jpg

photo_l-12-1697884563.jpg

photo_l-11-1697884563.jpg

photo_l-13-1697884567.jpg

photo_l-14-1697884570.jpg

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, कात्तिक ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्