संस्कृतिमन्त्री किरातीले दशैँकाे शुभकामना दिँदै भने- घाटी हेरेर मात्रै हाड निलौँ

काठमाडौं, कात्तिक ४ : संस्कृती, पर्यटनतथानागरिक उड्डयनमन्त्री सुदन किरातीले, दशैँलाई भड्किलो नबनाउनआग्रह गरेका छन्।
सम्पूर्ण नेपालीलाई दशैँको शुभकामनादिदैँ, आजदशैँ राम्रोसँग मनाउँदाभोलि ऋणको भारी बोक्नु पर्ने अवस्थासिर्जना नहोस् भन्दै सचेत गराएका छन्। ‘आफ्नो घाटी हेरेर मात्रै हाड निल्नु पर्ने’ उनको भनाइ छ।
नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले भने, ‘सम्पूर्ण आमनागरिकलाई दशैँ आउँदैछ, नेपालीहरुको चाड हो सबै नेपालीहरुको चाडपर्वप्रति म शुभकामनादिन चाहन्छु। अर्को कुरा नछुटाई भन्न चाहान्छु कि घाटी हेरेर हाड निलौ, आजदशैँ राम्रोसँग मनाउँदाभोलि ऋणको भारी बोक्न नपरोस, चाडवाड हाम्रै हो। अरुले हात्ती चड्यो भन्दैमा आफू कुकुर चढ्नु हुदैँन् भन्ने पुर्खाले भनेको उखानलाई आत्मासाथ गरौं।’
सम्पूर्ण पर्वहरुले आपसीएकता र भाइचारा विकासकालागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले आफ्नो गक्षअनुसार पर्व मनाउनआह्वान गरेका छन्। मन्त्री किरातीभने यस पटकको दशै भेडि गोठमा मनाईरहेका छन्।











