Kathmandu Press

बडादसैंले सबैलाई एकताको सूत्रमा बाँध्न सकोस् : सभापति देउवा

आज शुभकामना सन्देश दिदैँ उनले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको सन्देश दिने यो पर्वलाई नेपाली समाजले सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको भन्दै यस्तो पर्वले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको बताए। 
बडादसैंले सबैलाई एकताको सूत्रमा बाँध्न सकोस् : सभापति देउवा

काठमाडौं, कात्तिक ४ : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउबाले बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभ–कामना व्यक्त गरेका छन्। 

आज शुभकामना सन्देश दिदैँ उनले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको सन्देश दिने यो पर्वलाई नेपाली समाजले सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको भन्दै यस्तो पर्वले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको बताए। 

उनले भने, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो। मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन्। हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ। विविधताबीचको एकता नेपालीको विशेषताको रुपमा विश्वप्रसिद्ध छ। बडादशैंले समुदाय, संस्थाहरु, परिवार र ब्यक्ति—ब्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँदै आएको छ र बनाउनु पर्दछ।’
 
प्रकाशित मिति: १३:५८ बजे, शनिबार, कात्तिक ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्