Kathmandu Press

गोरखाको फूलपाती ३ बजे हनुमानढोका आइपुग्ने

नेपाल एकीकरणपछि राजधानी काठमाडौं सारिएपछि बर्षेनीयसरी फूलपाती काठमाडौंल्याएर हनुमानढोकामाप्रवेश गराउने चलन सुरु भएको हो।
गोरखाको फूलपाती ३ बजे हनुमानढोका आइपुग्ने

काठमाडौं, कात्तिक ४ : गोरखाबाट हिँडेको फूलपातीकाठमाडौं आईरहेको छ। हनुमानढोकामाभित्र्याउनकालागिआजबिहान८ बजेको साईतमागोरखा दरबारबाट फूलपाती पठाईएकोहो। अपरान्ह ३ बजे फूलपाती काठमाडौंआईपुग्ने जनाईएको छ।

नेपाल एकीकरणपछि राजधानी काठमाडौं सारिएपछि बर्षेनीयसरी फूलपाती काठमाडौंल्याएर हनुमानढोकामाप्रवेश गराउने चलन सुरु भएको हो।

पहिले नुवाकोट हुँदै पैदलै डोलीमा राखेर फूलपाती पठाउने परम्परा थियो तर यातायातको सुविधा भएपछि आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ। गाडीमा चण्डीस्थानको पूजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक रामकार्कीले फूलपातील्याईरहेका छन्। 

परम्परा अनुसार, फूलपातीलिनकालागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन्। गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन्।त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन्। उनीहरू रातीजङ्गलमै बस्छन्।सप्तमीकादिनबिहानको साईतमाफूलपाती काठमाडौं हिँडाउने चलनचलिआएको छ।
 

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, कात्तिक ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्