Kathmandu Press

इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार नेपाल ल्याईने

हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव शनिबार दिउँसोको १ः२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते, आइतबार विहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार नेपाल ल्याईने

काठमाडौं, कात्तिक ४ : इजरायलमा हमास समूहको आक्रमणमा  ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं ल्याईने भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी र ती शवहरु आइतबार बिहान नेपाल आइपुग्ने जानकारी दिएको छ।

हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव शनिबार दिउँसोको १ः२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते, आइतबार विहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासका अनुसार ईजरायलबाट फ्लाइदुबईको उडान नं एफजेड १२१० मार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाइदुबईकै उडान नं एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ। अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले स्पष्ट पारेको छ।

साथै, सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ। प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले असोज २८ गते नेपाललाई हस्तान्तरण गरेको थियो।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ। उनीहरूमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो।
 
प्रकाशित मिति: २१:३२ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्