Kathmandu Press

नेकपा क्रान्तिकारीका प्रवक्ता बास्तोला सवारी ज्यान आरोपमा पक्राउ 

नेकपा क्रान्तिकारीका प्रवक्ता बास्तोला सवारी ज्यान आरोपमा पक्राउ 

काठमाडौँ, कत्तिक ३ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीले सवारी ज्यान आरोपमा बास्तोलालाई नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसम। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ति गाउँपालिका–५ को सिंगे भन्ने स्थानमा गए राति पौने १० बजे बास्तोलाले चलाएको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएको हो।

बा ९ च ७१९८ नम्बरको स्कर्पियोले चौधरीलाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट सख्त घाइते चौधरीलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। 

बास्तोलालाई अहिले प्रहरीले नियन्त्रणमा लिई प्रहरी कार्यालय दाङमा राखिएको छ। नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। बास्तोलाविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाइने भएको छ। काठमाडौँबाट सुर्खेत जाँदै गरेको गाडी बास्तोला आफैंले चलाएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्