Kathmandu Press

मन्त्री किरातीद्वारा खादामालामा खर्च हुने ६ लाख २६ हजार रुपैयाँ हस्तान्तरण

मन्त्री किरातीद्वारा खादामालामा खर्च हुने ६ लाख २६ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं, कात्तिक ३ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले माखदामालाबापत संकलन गरेको ६ लाख २६ हजार रुपैयाँ सरस्वती माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका हस्तानतरण गरेका छन्।

शुक्रबार हैखरङ र दिउँसो दुम्मानाको सरस्वती माविमा उनले खादामालावापत खर्च हुने रकम संकलन गरेका थिए। त्यसबापतको ६ लाख २६ हजार रकम अक्षयकोष स्थापनाका लागि हस्तानतरण गरेका हुन्।  त्यस्तै  शुक्रबार आम्चोक १० पाङ्चा र खोटाङको बोपुङ्मा समेत उनको भेटघाट कार्यक्रम तय भएकाे छ।

असोज ४ गते बालंखाबजारमा चियापान, दिउँसो वडा नं ५ पावलावडा नं ६ को बयाङ, देवन्टार र बसाई गाउँमा भेटघाट कार्यक्रम हुने छ। ५ गते विहानवडा नं २ युँ र वडानम्बर १ वासिङ थर्पुमा भेटघाट हुनेछ भने ६ गते बेलुका मैयुङमा चौंरीगोठमा ओउग्ने र ७ गते करिब २० जना चौरी, भेडा र गाई बस्तुपालक कृषकलाई सम्मान गर्दै दशै मनाउने कार्यक्रम रहेको छ।

भेटघाट कार्यक्रम १३ गतेसम्म निरन्तर चल्ने जनाइएको छ। यो पटकको यात्रा विशेषगरी बहालवाला मन्त्री यसअघि कहिल्इै नपुगेको ठाउँमा हुने बताइएको छ।
 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्