Kathmandu Press

संरक्षणको क्षेत्रमा सुधारका धेरै आयाम छन् : प्रमुख महर्जन

उनले भने, ‘संरक्षणको क्षेत्रमा सुधारका धेरै आयामहरु छन्, त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न सधैँ तयार रहेको कुरा जानकारी गराउन चाहन्छु। लगनखेलको अशोक स्तुपाको दक्षिण र पश्चिमतिर हामीले राजदल गणसँग सम्झौता गरेर ३० रोपनी जग्गा फिर्ता लियौं।’
संरक्षणको क्षेत्रमा सुधारका धेरै आयाम छन् : प्रमुख महर्जन

ललितपुर, कात्तिक ३ : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्राकृतिक कुराहरुको संरक्षणको काममा महानगरपालिका गम्भीर रहेको बताएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘संरक्षणको क्षेत्रमा सुधारका धेरै आयामहरु छन्, त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न सधैँ तयार रहेको कुरा जानकारी गराउन चाहन्छु। लगनखेलको अशोक स्तुपाको दक्षिण र पश्चिमतिर हामीले राजदल गणसँग सम्झौता गरेर ३० रोपनी जग्गा फिर्ता लियौं।’

त्यहाँ कूल ४५ रोपनी जग्गा रहेको उल्लेख गर्दै महर्जनले त्यस क्षेत्रमा कमलको फूल फुलाउने योजना रहेको सुनाए। उनले त्यसका लागि तीनवटा योजना लागू गर्ने बताउँदै पहिलो प्रोजेक्ट सम्पन्न भएको जानकारी दिए। उनले भने, ‘दोस्रो योजनाका लागि टेन्डर गर्दैछौं र तेस्रो कुरा भनेको कमलको फूल फुलाउन आवश्यक भूवनोटसम्बन्धी काम गर्न लागेका छौं। अबको दुई वर्षमा त्यहाँ कमलको फूल फुल्नेछ।’

त्यस क्षेत्रमा ३०–३२ रोपनीको पोखरी बनाउने उल्लेख गर्दै प्रमुख महर्जनले बाँकी जग्गालाई हरियालीमा परिणत गर्ने प्रतिबद्धता जनाए।उनले भने, ‘त्यस बेला यो क्षेत्र हेर्न रहरलाग्दो हुनेछ। दुई वर्षपछि हेर्न आउनका लागि मै अहिले नै निम्तो दिन्छु।’

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्