Kathmandu Press

खोकनामा सिकाली जात्राकाे राैनक [तस्बिरहरू]

खोकनाका नेवार समुदायले वडादशैको अवसरमा नत जमरा राख्छन नत विजया दशमीको टिका प्रसाद नै, यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन्।
खोकनामा सिकाली जात्राकाे राैनक [तस्बिरहरू]

काठमाडौं, कात्तिक ३ : उपत्यका लगायत देशैभर बडादशै मनाइरहेको अवस्थामा ललितपुरस्थित खोकनामा भने सिकाली जात्रा मनाइएको छ। खोकनाका नेवार समुदायले वडादशैको अवसरमा नत जमरा राख्छन नत विजया दशमीको टिका प्रसाद नै, यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन्।

0S0A1106-1697789129.jpg

स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई वध गरेको खुसियालीमा खोकनाका नेवार समुदायले मनाउने सिकाली जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराउँदै मनाउँने गर्दछन। र यो क्रम घटस्थापनाबाट सुरु भई फूलपातीसम्म जारी रहन्छ।

0S0A1091-1697789128.jpg

त्यस्तै यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ, पञ्चमीको दिनमा आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ‘ घ्याम्पो द्य अर्थात नवदुर्गाको सहित देवीदेवताको पूजार्चनाका साथै परम्परागत नाच र जात्रा गर्ने गरिन्छ।

_P1A1164-1697789123.jpg

_P1A1204-1697789123.jpg

_P1A1089-1697789122.jpg

_P1A1080-1697789122.jpg

0S0A1051-1697789126.jpg

0S0A1074-1697789126.jpg

0S0A1078-1697789127.jpg

0S0A1083-1697789127.jpg

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्