Kathmandu Press

दसैंमा घुमघामको गन्तव्य इलाम [तस्बिरहरू]

दसैंमा घुमघामको गन्तव्य इलाम [तस्बिरहरू]

काठमाडौं, कात्तिक ३ : सबैभन्दा लामो विदा हुने नेपालीहरुको मुख्य पर्व हो दसैँ। यस अवसरमा सरकारी तथा गैरसरकारी कार्यालय र संस्थाहरुले अरु बेलाभन्दा लामो बिदा दिने गर्छन्। दसैँका बेला टाढा टाढाबाट भेला भएर परिवारसँग रमाउने चलन छ। यसै अवसरमा भेला भएर विभिन्न गन्तव्यहरुको भ्रमण गर्ने चलन पनि अचेल बढेको छ।

Ilam-pic-(5)-1697786919.jpg

पूर्वमा घुम्नका लागि धेरै आकर्षक स्थानहरु छन्। पर्यटकीय, धार्मिक स्थलहरुले भरिपूर्ण पूर्वमा भ्रमणका लागि पुग्नैपर्ने ठाउँमध्येको हो इलाम। उन्नत कृषि कर्म, विभिन्न जाति, जनजातिहरुको मिस्रित बसोबास, भारतको दार्जिलिङसँगको सीमावर्ती इलाममा धेरै पर्यटकीय स्थलहरु छन्। सबैभन्दा उचाइमा रहेको सन्दकपुर हिमशृंखला र सूर्योदयका साथै पहाडी र तराईका फाँटहरु अवलोकन गर्ने उत्कृष्ट गन्तव्य मानिन्छ। इलामकै श्रीअन्तु, कालपोखरी, माइपोखरी, इलाम र कन्याम चिया बगान, सिद्धिथुम्का, पाथिभरा, गजुरमुखी, माइस्थान, सेतीदेवी जस्ता थुप्रै धार्मिक एवं पर्यटकीय स्थलहरु घुम्नका लागि प्रसिद्ध स्थान हुन्।

Ilam-pic-(13)-1697786923.jpg

चियाको उद्गम थलो मानिने इलाम दूध, अलैँची, अम्रिसो, अदुवाजस्ता नगदे बालीका लागि पनि प्रसिद्ध जिल्ला हो। सूर्योदय अवलोकन गर्न आकर्षक मानिने अन्तु डाँडामा पछिल्लो समय आन्तरिक एवं वाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ। त्यहाँ होम स्टे (घरबास) को सुविधा छ भने अचेल थुप्रै होटल र रिसोर्टहरु पनि खुलेका छन्। यो दसैँको विदामा घुम्न जाने योजना बनाएकाहरुले इलामलाई गन्तव्य बनाउन सक्छन्। पूर्वपश्चिम राजमार्गको झापा, चारआलीबाट उत्तर लाग्ने मेची राजमार्ग हुँदै इलाम जान सकिन्छ।

Ilam-pic-(11)-1697786926.jpg

Ilam-pic-(10)-1697786926.jpg

Ilam-pic-(14)-1697786923.jpg

Ilam-pic-(4)-1697786919.jpg

Ilam-pic-(3)-1697786921.jpg

Ilam-pic-(2)-1697786921.jpg

Ilam-pic-(6)-1697786917.jpg

Ilam-pic-(7)-1697786917.jpg

Ilam-pic-16-1697786915.jpg

Ilam-pic-15-1697786915.jpg

Ilam-pic-(9)-1697786915.jpg

Ilam-pic-(8)-1697786915.jpg

Ilam-antu-1697786914.jpg

Ilam-pic-(1)-1697786914.jpg

 

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्