Kathmandu Press

दसैं मान्न घर फर्किनेको लर्काे ः २४ घण्टामा एक लाखले छाडे काठमाडौं 

दशैं मान्न कर्मथलो छाडेर पुर्ख्याैली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ।
दसैं मान्न घर फर्किनेको लर्काे ः २४ घण्टामा एक लाखले छाडे काठमाडौं 

काठमाडौं, कात्तिक ३ : दशैँ मान्न पुर्ख्याैली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ। 
काठमाडौंबाट बाहिर जाने नाकाहरुमा सवारी साधनको चाँप बढेको छ। 

दशैं मान्न कर्मथलो छाडेर पुर्ख्याैली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ। 

ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि आज बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९ सय ७७ यात्रुले उपत्यका छाडेका छन्। सो अवधिमा ७१ हजार ६ सय ६२ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन्। वितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौं छोडेका छन्।

यो सख्या निरन्तर बढ्दो क्रममा छ। एसएसपी भट्टले भने ‘अस्ति भन्दा वितेको २४ घण्टामा काठमाडौं छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ। यो संख्या आज र भोलि झनै बढ्छ।’ 
 
प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्