Kathmandu Press

दसैंको मौकामा अधिकारीले ल्याए नयाँ गीत ‘फर्किन्छु यसपालि’

दसैंको मौकामा अधिकारीले ल्याए नयाँ गीत ‘फर्किन्छु यसपालि’

विराटनगर, कात्तिक ३ : जापानमा रही गीत लेखनलगायत सिर्जनात्मक काममा सक्रिय रहेका पोखराका दीपेन्द्र अधिकारीले दसैँको अवसरमा नयाँ गीत ‘फर्किन्छु यसपालि’ सार्वजनिक गरेका छन्।

अधिकारीको शब्द रहेको गीतमा साहस शाक्यले संगीत भरेका छन् भने उनकै स्वरमा गीत रेकर्ड गरिएको छ। गीतमा परदेशीले चाडपर्वका बेला गर्ने अनुभूतिलाई समेटिएको छ। आफ्नो बाल्यकाल, गाउँ, परिवेश र बालसखाहरुको सम्झना गर्दै गीत भावनात्मक रुपमा तयार भएको अधिकारीले बताए।

दसैँका बेला गाउँमा हालिने लिङ्गे पिङ, तिहारको देउसी भैलो, चाडपर्वको बेला खुल्ने मौसम, आकर्षक हिमालजस्ता विषयवस्तुहरु गीतका भावमा छन्।

प्रवासमा रहेका नेपालीहरुले चाडपर्वका बेला गर्ने अनुभव समेटिएको गीतले धेरैको मन छुने यसका निर्माताले जनाएका छन्। प्रवासी नेपालीका कथा र व्यथा बोकेको गीत भएकाले धेरैले मन पराउने आशा गरेको अधिकारीले बताए।

अधिकारीले यसअघि ‘जीवनको रेल’, ‘मनमोहक पोखरा’, ‘चुलबुल  चुलबुल’, ‘प्यारी भान्जी’, ‘नेपालकी छोरी’ लगायत गीत सार्वजनिक गरिसकेका छन्। उनको सिर्जनामा तयार भएका गीतहरुको म्युजिक भिडियो पनि बनेका छन्। ती सबैजसो लोकप्रिय छन्।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्