Kathmandu Press

दसैंको सुरक्षाका लागि ५० हजार प्रहरी तैनाथ, यातायातको चुस्त व्यवस्था रहेको दाबी

सहरका सबै नाकाबाट विभिन्न जिल्ला सदरमुकाम जाने सवारी साधन भरिभराउ देखिन्छन्। फूलपातीको अघिल्लो दिनसम्ममा राजधानी सहर बिस्तारै सुनसान हुँदै गएको देखिन्छ।
दसैंको सुरक्षाका लागि ५० हजार प्रहरी तैनाथ, यातायातको चुस्त व्यवस्था रहेको दाबी

काठमाडौं, कात्तिक ३ : नवरात्रको छैटौंदिनसम्म आईपुग्दा दशैंमा आफ्नो गाउँघर फर्किने मानिसहरुको ठूलो संख्या उपत्यकाबाट धमाधम बाहिरिईरहेका छन्। सहरका सबै नाकाबाट विभिन्न जिल्ला सदरमुकाम जाने सवारी साधन भरिभराउ देखिन्छन्। फूलपातीको अघिल्लो दिनसम्ममा राजधानी सहर बिस्तारै सुनसान हुँदै गएको देखिन्छ।   

अध्ययन, रोजगारी र अन्य कामले उपत्यकामा बसोबास गर्दै आएका मानिसहरु नेपालीहरु मुख्य पर्व दशैँमा आफ्नो जन्मस्थल फर्किने परम्परा रहेको छ। काठमाडौं छाड्ने मानिसहरुको चाप बढेकाले दैनिक झण्डै दुई सय ५० देखि तीन सय सवारी साधन सञ्चालन भईरहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

यात्रुको सहजताको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीसम्म हरेक क्षेत्रमा सुरक्षाको लागि खटिरहेको महासङ्घका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले बताए। सिटौलाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले, दशैं मनाउन घर फर्किन चाहने सबैका लागि टिकटको व्यवस्था गरेको बताए। 

यस वर्षको चाडपर्वमा टिकट र सवारी साधनको अभावमा कोही पनि यात्रु अलपत्र पर्न नपर्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ। चाडपर्व विशेष समयमा नै टिकट सकिएपछि यात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्यसम्म पुग्न निकै सकस बेहोर्नुपरेको गुनासो आईरहेका बेला उनले यो वर्ष त्यो समस्या नहुने दावी गरे। 
 

प्रकाशित मिति: १२:२१ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्