Kathmandu Press

एनआरएनए निर्वाचन : डा. केसीलाई सिस्टम ह्याक गरेर जिताइयो, निर्वाचन रद्द हुनुपर्छ

निर्वाचन परिणम घोषणा लगत्तै अध्यक्षका दुई प्रत्यासीले धाँधली गरेर डा.केसीलाई जिताइएको भन्दै कार्यक्रममै नारा लगाए। शर्मा र श्रेष्ठले डा. केसीलाई सिस्टम ह्याक गरेर जिताइएको भन्दै निर्वाचन रद्द गर्न माग गरेका छन्।
एनआरएनए निर्वाचन : डा. केसीलाई सिस्टम ह्याक गरेर जिताइयो, निर्वाचन रद्द हुनुपर्छ

एनआरएनए अध्यक्षका दुई प्रत्यसासी आरोप: डा. केसीलाई सिस्टम ह्याक गरेर जिताइयो, निर्वाचन रद्द हुनुपर्छ

काठमाडाैं, कात्तिक ३ : काठमाडौंमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलनबाट अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन्। डा. केसीले एक हजार ३७८ मत प्राप्त गर्दा अन्य दुई प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले क्रमशः एक हजार २८१ र एक हजार २२५ मत प्राप्त गरे।

तर, एनआरएनएको निर्वाचन विवादित बनेको छ। निर्वाचन परिणम घोषणा लगत्तै अध्यक्षका दुई प्रत्यासीले धाँधली गरेर डा.केसीलाई जिताइएको भन्दै कार्यक्रममै नारा लगाए। शर्मा र श्रेष्ठले डा. केसीलाई सिस्टम ह्याक गरेर जिताइएको भन्दै निर्वाचन रद्द गर्न माग गरेका छन्।

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचन परिणम स्वीकार्य नभएको बताउँदै निर्वाचित कार्यसमिति भंग गर्न माग गरे। ‘यो निर्वाचन रद्द हुनुपर्छ, यसमा छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ,’ कार्यक्रम स्थलमै मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्छ।’

यता, अर्का प्रत्यासी आरके शर्माले संघ शुन्य भएको बताउँदै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए। ‘अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको छ, यो अवस्थाले संघलाई शुन्यको अवस्थामा लग्यो। अब मन्त्रालयले हस्तक्षेप गर्नुपर्छ,’ उनले भने।

यता, विजयी भएकै उम्मेदवारले पनि मत परिणामप्रति असन्तुष्टी जनाए। उपाध्यक्षमा विजयी भएका खगेन्द्र न्यौपालले निर्वाचनमा धाँधली भएको बताउँदै आफ्नो जितलाई स्वीकार नगर्ने बताएका छन्।

महासचिवका एक उम्मेदवार डा। केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए।

प्रकाशित मिति: ०८:५४ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्