Kathmandu Press

कोशीमा राप्रपाले गर्‍याे प्रमुख प्रतिपक्षी दलको दाबी

कोशीमा राप्रपाले गर्‍याे प्रमुख प्रतिपक्षी दलको दाबी

काठमाडाैं, कात्तिक २ : कोशी प्रदेशका सबै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ।

विहिवार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले कोशी प्रदेश सभामा निवेदन दिनुभएको हो। बुधवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतको निर्वाचनमा राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएकाले प्रतिपक्षमा मतदान गरेकै कारण आफुहरुले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाको माग रहेको छ।

नेता सिटौलाले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २ को (ङ) मा स्पष्ट रुपमा मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल बाहेकको बढी सदस्य भएको दलको नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउने उल्लेख भएकाले आफुहरुले दाबी गरेको बताए।

मुख्यमन्त्री केदार कार्कीले बुधवार लिएको विश्वासको मतमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्र्टीी एक जना गरी ८६ मत परेको थियो भने विपक्षमा राप्रपाको ५ मत मात्रै परेको थियो।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले सुविधाको गाडी र सुरक्षा गार्डका साथै प्रमुख सचेतकले पनि सुविधाको गाडी पाउने व्यवस्था छ।  

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्