अर्थले निर्माण व्यवसायीको भुक्तानी दसैं अघि नै दिने
गत आर्थिक वर्षमा नै काम सकेर बिल बुझाए पनि रकम भुक्तान नभएको भन्दै निर्माण व्यवसायीले गुनासो गर्दै आएका थिए। निर्माण व्यवसायीका अनुसार करिव ६ अर्ब रूपैयाँ भुक्तान लिन बाँकी छ।
काठमाडौं, कात्तिक २ : अर्थ मन्त्रालयले लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको भुक्तानी दसैं अघि दिने भएको छ।
गत आर्थिक वर्षमा नै काम सकेर बिल बुझाए पनि रकम भुक्तान नभएको भन्दै निर्माण व्यवसायीले गुनासो गर्दै आएका थिए। निर्माण व्यवसायीका अनुसार करिव ६ अर्ब रूपैयाँ भुक्तान लिन बाँकी छ।
अर्थ मन्त्रालयले निकासी फुकुवाको लागि परिपत्र गरिसकेको जनाइएको छ । भुक्तानीका लागि नीतिगत निर्णय भई परिपत्र जारी भइसकेको छ।
सरकारले आयोजनाहरूको म्याद थपसम्बन्धी निर्णय नगर्दा बिल बनाउन रोकिएको भनाई निर्माण व्यवसायीहरूले बताउँदै आएका छन्। गत वर्षदेखिनै धेरै बिलहरू होल्ड भएको भनाई उनीहरुको छ।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार