Kathmandu Press

दसैँमा देश छाड्नेहरू [फाेटाेफिचर]

दसैँमा देश छाड्नेहरू [फाेटाेफिचर]

काठमाडौं, कात्तिक २ : दसैं सुरु भइसकेको छ। किनमेल सकिएकाहरू घर जान हतारिएका छन्। एकदुई दिन पछाडि घर जानेहरू किनमेलमै व्यस्त छन्। घर जानुनपर्नेहरू पनि आफ्नै तरिकाले दसैंलाई उत्सवमय बनाइरहेका छन्। घरकाे रङराेगन र लिपपाेत, बाटाेघाटाे  सरसफाइ, पिङ हाल्ने कार्यक्रमले दसैंकाे माहाेललाई थप राैनकमय बनाएका छन्। मालश्री धुन र दसैं गीत गुन्जिएका छन्। 

0U7A5361-1697716870.jpg

यसरी अधिकांश नेपाली दसैको उत्सवमा रमाइरहँदा रोजगारी र उच्च शिक्षाका लागि विदेश जान बाध्य बनेकाहरू भने मलिन अनुहार लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा उडानको प्रतीक्षामा छन्। उनीहरू सबैमा प्रायः भावुकता देखिन्छ। चाडबाडको मुखमा रहरले भन्दा पनि बाध्यतामा परेर देश र घरपरिवार छाडी विदेश जान लागेकाहरू र उनीहरूको बिदाइका लागि विमानस्थाल पुगेका आफन्त तथा साथीभाइहरू सबै खिन्न देखिन्छन्।

0U7A5360-1697716869.jpg

भारी मनले हुने बिदाइले कतिपयका आँखा आँसुले भरिएका छन् त कतिपयले जबर्जस्ती हाँस्न खोजे पनि उदात्तता देखिन्न। कोही बढी नै भावुक बनेकाले बोल्न सकिरहेका थिएनन् । केहीले भने अहिलेको दसैं मनाउन नपाइए पनि भविष्यलाई सुनौलो बनाउने सपना बोकेर बिदेसिन लागेको र चाँडै नै फर्केर आई सबैजनासँग हाँसोखुसीसाथ दसैं मनाउने बताए।    

0U7A5347-1697716868.jpg

0U7A5337-1697716866.jpg

0U7A5304-1697716861.jpg

0U7A5316-1697716865.jpg

0U7A5330-1697716865.jpg

0U7A5341-1697716866.jpg

0U7A5305-1697716861.jpg

0U7A5262-1697716860.jpg

0U7A5240-1697716859.jpg

0U7A5247-1697716859.jpg

0U7A5234-1697716858.jpg

0U7A5237-1697716858.jpg

0U7A5223-1697716857.jpg

0U7A5227-1697716857.jpg

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्