Kathmandu Press

रास्वपा विकल्परहित पार्टी हो : उपाध्यक्ष अर्याल

बिहीबार काठमाडौं २ मा आयोजित पार्टीको भेलामा बोल्दै उनले देश विकास गर्ने पार्टी रास्वपा मात्र भएको भन्दै रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका हुन्। 
रास्वपा विकल्परहित पार्टी हो : उपाध्यक्ष अर्याल

काठमाडौं, कात्तिक २ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका छन्।

बिहीबार काठमाडौं २ मा आयोजित पार्टीको भेलामा बोल्दै उनले देश विकास गर्ने पार्टी रास्वपा मात्र भएको भन्दै रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका हुन्। 

उनले भने, ‘कहिलेकाहीँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक पार्टी भन्दै गर्दा मलाई त लाग्छ अब यो देश निर्विकल्प हो। निर्विकल्प हुने छ। विकल्परहित भएर राष्ट्रिय स्वतन्त्र पार्टी देश बनाउन आएको छ।’ उनले आउने निर्वाचनमा सबै वडा र स्थानीय तहमा रास्वपाको घण्टी बजाउने प्रयास गरिने बताए। 

पार्टीकी सांसद सोविता गौतमले देश बनाउनका लागि नेता बनेर पार्टीमा नै आउने नपर्ने तर्क गरिन्। सबै आफ्नो ठाउँमा इमान्दार भए देश बन्न धेरै टाढा नभएको उनको भनाइ छ। 

उनले भनिन्, ‘देश बनाउनका लागि नेता नै हुनुपर्छ, राजनीतिमा नै आउनुपर्छ भन्ने छैन। कोही डाक्टर हुनुहुन्छ होला, कोही किसान, कोही शिक्षक तर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। हामी सबैजना इमान्दार भयौं भने देश बन्न धेरै टाढा छैन।’

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्