Kathmandu Press

उपप्रधानमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ 

उपप्रधानमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ 

काठमाडौं, कात्तिक २ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको पुष्टि भएको छ। 

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठको आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (इः)’ मा अवरोध देखिएकोे उनको सचिवालयले जनाएको छ। बिहीबार उनी उपचाररत् पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल बेइजिङले  उपप्रधानमन्त्री श्रेष्ठको ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको जानकारी दिएको सचिवालयको भनाइ छ। 

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ। श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको र उनको अवस्था सुधारोन्मुख रहेको पनि अस्पतालले जनाएको छ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो। चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
 

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्