Kathmandu Press

दसैं मान्न उपत्यका छाड्ने बढेसँगै नाकाहरूमा सवारीसाधनको चाप

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ। उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो।
दसैं मान्न उपत्यका छाड्ने बढेसँगै नाकाहरूमा सवारीसाधनको चाप

काठमाडाैं, कात्तिक २ : बडादशैंका अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरु बढेसँगै उपत्यकाका विभिन्न नाकामा सवारी साधानको चाप बढेको छ। 

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ। उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो।

अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढि छ, यो क्रम फूलपातीसम्म जारी रहने देखिएको छ। घर फर्कनेको पाँच बढेपछि सहज रुपमा सवारी साधन नपाउने, बढी भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगाएतका समस्या दिएर सर्वसाधारण आउने गरेको नागरिकता सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरुले बताएका छन्।

सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरु बसेर बढि भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन्। कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु दशैमा घर फर्कने गरेका छन्। 

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्