Kathmandu Press

खाद्यान्न र चिनी सहज आपूर्ति गर्न सरकार लागेको छ : प्रधानमन्त्री दाहाल 

बिहीबार दसैँको अवसरका शुभकामना दिँदै उनले सबै सांस्कृतिक पर्वहरुले नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काम गरेको बताए। उनले भने, ‘खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि  हल हुने भएको छ।
खाद्यान्न र चिनी सहज आपूर्ति गर्न सरकार लागेको छ : प्रधानमन्त्री दाहाल 

काठमाडौं, कात्तिक २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्व नजिकिएसँगै खाद्यान्न अभाव, महँगी नियन्त्रण जस्ता कामहरुमा सरकार लागिरहेको बताएका छन्। 

बिहीबार दसैँको अवसरका शुभकामना दिँदै उनले सबै सांस्कृतिक पर्वहरुले नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काम गरेको बताए। उनले भने, ‘खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि  हल हुने भएको छ।

त्यसका साथसाथै महँगीले गर्दा जनतालाई अलि असहज हुन्छ कि भन्ने थियो। त्यसकारण जनताको लागि सुपथ व्यवस्थादेखि कृत्तिम अभाव र महँगी नहोस् भन्न अनुगमन प्रक्रियालाई अझ बढी प्रभावकारी बनाउने कोसिस गरिएको छ।’

उनले भने, ‘यी सबै सांस्कृतिक पर्वहरु नै हुन् जसले हामी नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ।’

यस्ता ऐतिहासिक सांस्कृतिक पर्वहरुको सम्बन्धमा देशमा कुनै अप्रिय घटना नहोस्, जनतालाई कुनै असुविधा नहोस्, खाद्यान्न लगायत उपभोग्य वस्तुहरु सहज आपूर्ति र निरन्तर भइरहोस् भन्ने कुरामा सरकार जिम्मेवार रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्