Kathmandu Press

‘भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि सरकारले दोस्राे पन्ना पल्टाउन सकेन’

सभापति लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पन्नादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरि कारवाही गर्ने जिकिर गरे।
‘भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि सरकारले दोस्राे पन्ना पल्टाउन सकेन’

काठमाडौं,  कात्तिक २ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्‍याउन सरकार असफल भएको बताएका छन्।

रास्वपा काठमाडौं क्षेत्र नंवर २ ले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरे पनि निष्कर्षमा भने पुर्‍याउन नसकेको बताएका हुन्। भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलो देखि दोश्रो पन्ना पल्टाउन नसकेको उनले बताए।

सभापति लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पन्नादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरि कारवाही गर्ने जिकिर गरे। उनले कोसी प्रदेशमा महागठबन्धन बनेसँगै अब सैद्धान्तिक रुपमा मात्रै नभइ व्यवहारिक रुपमा नै रास्वपा देशको एक मात्रै प्रतिपक्षी दल भएको बताए। त्यस्तै लामिछानेले रास्वपालाई विदेशीको इसारामा चलेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिए।

नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने उनले बताए। त्यस्तै उनले नेपाली जनताको हित र मुद्दामा रास्वपाले कुनै सम्झौता नगर्ने स्पष्ट पारे। 

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्