Kathmandu Press

दसैँमा मौसम सामान्यतया सफा रहने

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। 'दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एकदुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,' उनले भयाैं।
दसैँमा मौसम सामान्यतया सफा रहने

काठमाडौं, असोज २ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। 'दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एकदुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,' उनले भयाैं।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए। 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुईस्थानमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्