Kathmandu Press

गर्भवती भएको सार्वजनिक गर्दै रेखाले भनिन्, ‘यस्तो अवस्थामा झन् धेरै काम गर्न जाँगर चल्यो’ 

उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताइन्। 
गर्भवती भएको सार्वजनिक गर्दै रेखाले भनिन्, ‘यस्तो अवस्थामा झन् धेरै काम गर्न जाँगर चल्यो’ 

काठमाडौं,  कात्तिक २ : अभिनेत्री रेखा थापाले आफ्नो गर्भ अवस्थाको अनुभव पहिलो पटक मिडियामा सार्वजनिक गरेकी छन्। 

उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताइन्। 
उनले चैतमा गर्ने भनिएको सुटिङ भदौमा सरेपछि आफ्नो ठाउँमा अर्को हिरोइन खोज्नुपर्ने हो कि भने भन्ने लागेता पनि काम सहजतापूर्वक नै काम सम्पन्न गरेको बताएकी हुन्। 

Hardik ivf

उनले भनिन्, ‘चैतमा हाम्रो सुटिङ थियो त्यो बेला अझै दुब्लाएको थिएँ फिल्मको लागि तर भदौमा जानेबित्तिकै गर्भवती थिए। मैले सुनेको अनुसार मानिस गर्भवती हुँदा काम गर्न गाह्राे  हुन्छ, ३/४ महिना आराम गर्नुपर्छ भन्ने सुनेकी थिए। त्यसैले मेरो ठाउँमा अर्को कुनै हिरोइन खोज्नुपर्ने भयो मैले सकिनँ भने भन्ने लागेको थियो । केही गाह्राे फिल भएन कहिले कहीँ शरीरले फरक अनुभव गरेको जस्तो भयो तर काम गर्दा उर्जा झन बढि अनुभव गरेको थिए। कहिँले काँहि मुड परिवर्तन हुने त स्वाभाविक हो।’

अभिनेत्री रेखा थापाले गर्भावस्था कुनै रोग नभएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताइन्। उनले भनिन्, ‘गर्भावस्था कुनै विमार रोग होइन। मैले के बुझे भने गर्भावस्था झन उत्सवको रुपमा मनाउनु पर्ने रहेछ ।’ चार महिनाकी गर्भवती रहेकी उनले यही अवस्थामा सुटिङ पूरा गरेकी छिन्।  ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘उपहार’मा उनको मुख्य भूमिका रहेको छ। 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्