सुन तस्करी प्रकरणमा थप एक प्रहरी नियन्त्रणमा
सिआइबीले रसुवा निवासी चेतनाथ न्यौपानेलाई पक्राउ गरेको हो। न्यौपानेमाथि तस्करी गरेर ल्याएको सुन किन्ने गरेको आरोप छ।
काठमाडौं, कात्तिक २ : दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले थप १ जनालाई पक्राउ गरेको छ।
सिआइबीले रसुवा निवासी चेतनाथ न्यौपानेलाई पक्राउ गरेको हो। न्यौपानेमाथि तस्करी गरेर ल्याएको सुन किन्ने गरेको आरोप छ। दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।
प्रहरी अनुसन्धानबाट तस्करको गिरोहले दोलखा र तिब्बत सिमाको ‘फलेक बोर्डर’ को खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ।
आलुको बोरामा लुकाएर खोला तार्दै लामाबगर ल्याएर विक्रीका लागि गन्तव्यतर्फ लैजाने गरेको पाएपछि सिआइवीले सक्रियता बढाउँदै आएको छ।
प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











