Kathmandu Press

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण निश्चित  

इजरायल र हमासको युद्ध चर्किएका कारण यसअघि गुटरेसको नेपाल भ्रमण स्थगित भएको थियो।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण निश्चित  

काठमाडौं, असोज २ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस यही कात्तिक १२ गते नेपाल भ्रमणमा आउने तय भएको छ। 

इजरायल र हमासको युद्ध चर्किएका कारण यसअघि गुटरेसको नेपाल भ्रमण स्थगित भएको थियो। परराष्ट्र स्रोतले जनाए अनुसार अन्यथा नभए महासचिव गुटरेस कात्तिक १२ गते काठमाडौँ आउने निश्चित भएको छ। गत असोज २६ गते नेपाल आउने कार्यक्रम तय भइसकेपछि अचानक स्थगित भएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला महासचिव गुटेरसलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको थियो।

महासचिव गुटरेसको यो पहिलो नेपाल भ्रमण हो। नेपालमा गुटरेसले राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, प्रुमख दलका नेतालगायतलाई भेटघाट गर्ने जनाइएको छ। 
 

प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्