Kathmandu Press

करणले लिए ४ विकेट, हङकङ ९४ रनमै अलआउट

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो।
करणले लिए ४ विकेट, हङकङ ९४ रनमै अलआउट

काठमाडौं, कात्तिक २ : त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। 

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो।

१४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७। 

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्