Kathmandu Press

चीनमा ह्रदयाघात भएका गृहमन्त्री श्रेष्ठ खतरामुक्त, चिकित्सकको निगरानीमा

उनले उनले श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको र उपचारमा अझै समय खर्च हुने पनि बताइन।
चीनमा ह्रदयाघात भएका गृहमन्त्री श्रेष्ठ खतरामुक्त, चिकित्सकको निगरानीमा

काठमाडौं, कात्तिक २ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्रदयाघात भएको छ। सरकारकी प्रवक्ता रेखा शर्माले यसको पुष्टि गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई चीनमै चिकित्सकको निगरानीमा राखिएको बताइन्।  

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको सूचना तथा सञ्चार मन्त्री शर्माले जानकारी दिइन्।

आजको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले यस विषयमा पनि छलफल गरेको जानकारी दिदैँ उनले उपप्रधानमन्त्री श्रेष्ठ खतरा मुक्त भएको जनाइन्। उनले उनले श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको र उपचारमा अझै समय खर्च हुने पनि बताइन।

हिजो हाम्रो उपप्रधानमन्त्री यती बेला चाईनामा हुनुहुन्छ। गएराति उहाँलाई अचानक ह्ृदयघात भयो र बेईजिङ्स्थित हस्पिटलमा उपचार भइरहेको छ। अहिले उहाँ खतरा मुक्त हुनुहुन्छ भन्ने खबर छ,’ मन्त्रिपरिषद् बैठकको निर्णयपछि उनले भनिन्, ‘राजदूतसँग प्रधानमन्त्रीको कुरा भइरहेको छ। उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भन्ने खबर आएको छ। दुईचारदिन उहाँको उपचारमा अझै समय खर्च हुन सक्छ भन्ने खबर छ र त्यो कुरालाई प्रधानमन्त्रीले बैठकमा छलफल गर्नु भएको थियो।’  

उनी मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफलमा सहभागी भएका थिए।

 

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्