Kathmandu Press

मन्त्रिपरिषद् बैठकले के–के निर्णय गयो ?

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्विकृती दिएको प्रवक्ता रेखा शर्माले जानकारी दिईन्।
मन्त्रिपरिषद् बैठकले के–के निर्णय गयो ?

काठमाडौं, कात्तिक २ : सरकारले राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्विकृती दिने निर्णय गरेको गरेको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्विकृती दिएको प्रवक्ता रेखा शर्माले जानकारी दिईन्।

यस्तै, बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी मेमोरन्डम अफ अन्ड्रस्ट्न्डिङ् बिट्विइन द गभरमेन्ट नेपाल एण्ड द गभरमेन्ट अफ रिपब्लिक अफ इजिप्ट अन कोअपरेशन इन युथ एण्ड स्पोर्टस अफेयर्स विशेष समझदारी पत्र स्वीकृत गरेको उनले बताइन्। सो समझदारी पत्रमा हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिट्विईन द गभरमेन्ट अफ नेपाल एण्ड गभरमेन्ट अफ द स्टेड अफ कतार कोअपरेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक समझदारी पत्र स्विकृत गर्ने, सञ्चार मन्त्रालयलाई हस्तक्षर गर्न अख्तियार दिने भन्ने निर्णय प्रवक्ता शर्माले जनाइन्।

 

 

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्