अनाचनक अस्वस्थ भएपछि गृहमन्त्री चीनमा अस्प्ताल भर्ना, भेटघाटका सबै कार्यक्रम रद्द
बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सरिक हुन आएका श्रेष्ठलाई एक्कासि छातीमा समस्या आएपछि राति १ बजेतिर बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको हो ।
काठमाडौं, कात्तिक २ : अचानक अस्वस्थ भएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार मध्यराति अस्पताल भर्ना गरिएको छ।
बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सरिक हुन आएका श्रेष्ठलाई एक्कासि छातीमा समस्या आएपछि राति १ बजेतिर बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई बीआरएफमा सहभागी हुने अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरिएको छ। यो अस्पताल ग्रेट हल अफ द पिपुल्स नजीकै थ्यानआनमन आसपासमा रहेको छ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार श्रेष्ठको मुटुमा रक्तप्रवाह रोकिएपछि हाल स्टेन हालिएको छ। उपप्रधानमन्त्री श्रेष्ठलाई अब दुईरतीन दिन अस्पतालमा राखिनेछ । उनको अवस्था अहिलेस्थिर रहेको बताइएको छ।
यसैबीच उपप्रधानमन्त्रीले बिहीबार बेइजिङमा गर्ने भनिएका भेटवार्ता रद्द गरिएको छ।
उनले बिहीबार बिहान १० बजेपछि चिनियाँ विपत्ति निवारण मन्त्रालयका मन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ च्येनछाओ लगायतसँग भेटघाटको योजना थियो ।











