Kathmandu Press

एनआरएनएको नयाँ नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा, थापाको समर्थन श्रेष्ठलाई 

नयाँ नेतृत्व चुन्न काठमाडौंमा भेला भएका एनआरएनए प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ भने विदेशमा रहेका प्रतिनिधिले गए राति देखि नै अनलाइनबाट मतदान गरिरहेका छन्। 
एनआरएनएको नयाँ नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा, थापाको समर्थन श्रेष्ठलाई 

काठमाडौं, कात्तिक २ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।

नयाँ नेतृत्व चुन्न काठमाडौंमा भेला भएका एनआरएनए प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ भने विदेशमा रहेका प्रतिनिधिले गए राति देखि नै अनलाइनबाट मतदान गरिरहेका छन्। 

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला उम्मेदवार रविना थापाले उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन्। त्यसकारण अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, १ महिला र युवासहित ८ उपाध्यक्ष, १ महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।

७४ पदका लागि संसारभरबाट १ सय २० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र १ महासचिवका लागि २ जनाबीच प्रतिस्पर्धा हुँदैछ। २ उपमहासचिवमा ५ जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ।

अधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: ०८:३७ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्