Kathmandu Press

बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प

राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं, कात्तिक २ : बझाङमा बुधबार राति भूकम्प गएको छ ।

राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।

बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

प्रकाशित मिति: ०८:०४ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्