Kathmandu Press

कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पम्प सिल

बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो।
कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पम्प सिल

काठमाडौं, कात्तिक १ : केन्द्रीय अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ।
 
बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो।

मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो।

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्यभन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ।

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्