Kathmandu Press

कोशी सरकारबाट चाँडो बाहिरिएर एमालेले नैतिकता देखाओस् : आङ्बो

नले मुख्यमन्त्री बनेका केदार कार्कीले गठबन्धनको भावना आत्मसात नगरेको गुनासो समेत गरे।
कोशी सरकारबाट चाँडो बाहिरिएर एमालेले नैतिकता देखाओस् : आङ्बो

मोरङ, कात्तिक १ : नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले बाहिर बस्नुपर्ने बताएका छन्।

बुधबार प्रदेशसभा बैठकपछि पत्ररकाहरुसँग कुरा गर्दै आङ्बोले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर एमालेले कोशी सरकार भएको बताए।

‘एमाले चाँडोभन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्,’ आङ्बोले भने । उनले मुख्यमन्त्री बनेका केदार कार्कीले गठबन्धनको भावना आत्मसात नगरेको गुनासो समेत गरे।

माओवादीले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको भनाई आङ्बोको थियो। विगतमा माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा रहँदा कार्कीले सत्ता गठबन्धनको भावना अनुसार सरकारबाट बाहिरिन आग्रह गरेको पनि आङ्बोले बताए।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्