तपाईँलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन : ओली
एमाले अध्यक्ष ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताए। उनले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्ने विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताए।
काठमाडौं, कात्तिक १ : नेकपा एमालेका अध्यक्ष केपी ओेलीले पार्टीमा संयमता पूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले सदस्यता लिने वित्तिकै ठुलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे।
‘सदस्यता लिएको भोलिपल्टै ठुलो पद ताक्न नहुने भन्दै उनले भने तपाईलाई चाहियो भन्दैमा दुई महिनामा भैंसी ब्याउँदैन्,’ ओलीले भने, ‘कुनैपनि चिजको प्रकृतिक अनुशासन हुन्छ, नियम हुन्छ । र, मानव समाजमा पनि अनुशासन नियम चाहिन्छ अनि मात्रै त्यसले सफल परिणाम प्राप्त गर्छ।’
प्रकृतिबाट अनुशासन सिक्न आवश्यक रहेको बताएका ओलीले कसैले चाहाँदैमा प्रकृतिले आफ्नो स्वरुप नबद्ने भन्दै एमाले पनि प्रकृति जस्तै नियममा हिडिरहेको जिकिर गरे।
एमाले अध्यक्ष ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताए। उनले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्ने विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताए।
विविधतालाई विभेदको कुरा बनाएर समाजमा समाजमा पक्षपात हुन नहुने र समााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्ने धारणा राखे। ओलीले मुलुकको आफ्नै विविधता भएपनि केही आयातित विविधता थोपर्न खोजिएकाले सतर्क हुनुपर्ने बताए।
‘अहिले समाजमा अराजकता बढेको छ, असहिष्णुता बढेको छ । समाजमा परस्परमा घृणा फैलाउने कामहरू भइरहेका छन्,’ ओलीले भने, ‘मुलुकको एकता बिथोल्न जनतालाई मुर्ख बनाउने प्रयास हुने गरेको भन्दै सजक भएर अघि बढ्नुपर्ने पर्छ।’
अध्यक्ष ओलीले नेपाल शान्तिको पक्षमा रहेको र राष्ट्र अप्ठेरोमा परे ज्यान आहुती दिन तयार रहेको बताए । उनले समाज विकृत गैर जिम्मेवार भइरहेको अवस्थामा जिम्मेवार र अनुशासीत बनाउने काम गर्न सुझाव दिए।











