भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालले सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै यसले निरन्तरता पाउने बताए।
मुस्ताङ, कात्तिक १ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्।
बुधबार मुस्ताङमा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका कार्यक्रममा बोल्दै उनले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेका भन्दै भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जागेको बताए।
हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ। यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौं। त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ,’ प्रधानमान्त्री दाहालले भने।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालले सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै यसले निरन्तरता पाउने बताए।
(2)-1697630090.jpg?timestamp=1697630096718)
उनले आफ्नो तेस्रो कार्यकालमा सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको बताए। उनले भने,‘मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु। मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ। सबै सूचकहरू सकारात्मक छन्।’
अहिले जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको बताउँदै दाहालले सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरूरी भएको उल्लेख गरे। यसले माओवादीलाई शक्ति छ। यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ।’
भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।











