Kathmandu Press

कोशीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, पक्षमा ८६, विपक्षमा ५

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत परेको छ। उक्त प्रस्तावको विपक्षमा ५ मत परेको छ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, पक्षमा ८६, विपक्षमा ५

मोरङ, कात्तिक १ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत परेको छ। उक्त प्रस्तावको विपक्षमा ५ मत परेको छ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।

९३ सदस्यीय प्रदेशसभामा एकजना सांसद अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन्। राप्रपाका ६ सांसदमध्ये एकजना भने अनुपस्थित रहे।

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्