मध्यावाधि रोक्ने प्रयास गरेका हौं : हिक्मत कार्की
उनने प्रदेशको राजनीतिक अस्थिरता अन्त्यको प्रयास स्वरुप कांग्रेसमा विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाएको बताए।
मोरङ, कात्तिक १ : कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले कांग्रेसका नेता केदार कार्कीको नेतृत्वमा सरकार गठन गरेर मध्यावधिको निर्वाचनको एउटा चक्र रोक्ने प्रयास गरेको बताएका छन्।
प्रदेश सभामा बुधबार मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनने प्रदेशको राजनीतिक अस्थिरता अन्त्यको प्रयास स्वरुप कांग्रेसमा विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाएको बताए। उनले त्यसक्रममा संविधान र कानुन पूर्णतः पालना गरिएको बताए।
प्रदेश सभामा बुधबार मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमाले संसदीय दलका नेता कार्कीले भने, ‘सरकार बनाएर मध्यावधिको एउटा चक्र रोक्ने प्रयास गरेका छौं । यो प्रदेशको राजनीतिक अस्थिरतालाई हामीले सधैंका लागि अन्त्य गर्ने प्रयसा गरेका छौं।’
सत्तारुढ गठबन्धनले काठमाडौंमा बसेर प्रदेश सभाका एक सदस्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको कुराले संघीयता उल्लंघन भएको बताए। केन्द्रमा कुनै दलका नेताहरू बसेर प्रदेश सभालाई निर्देशन दिनु सही नभएको कार्कीको भनाइ थियो।











