Kathmandu Press

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेद्वारा भत्सर्ना 

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति सार्वजनीक गर्दै सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कम हुने बताएका छन् । 
गाजाको अस्पतालमा भएको आक्रमणको एमालेद्वारा भत्सर्ना 

काठमाडौं, कात्तिक १ : नेकपा एमालेले, प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति सार्वजनीक गर्दै सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कम हुने बताएका छन् । 

‘अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा ‘ आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं । ’ 

इजरायल र प्यालेष्टाइनको हमास समूहबीच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो । उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्