दसैंमा मुलपानीमा क्रिकेटको मज्जा [तस्बिरहरु]
दसैं लागि सक्दा नेपाली समर्थक क्रिकेटसँग मज्जा साटिरहेका छन्। मुलपान क्रिकेट मैदानमा राष्ट्रिय झण्डासहित उपस्थित भएका दर्शकले नेपाली टिमको हौसला बढाइरहेका छन्।![दसैंमा मुलपानीमा क्रिकेटको मज्जा [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/cover-1697616642.jpg)
काठमाडाैं, कात्तिक १ : टि–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरिएको त्रिकोणात्मक सिरिज मुलपानी क्रिकेट मैदानमा आजबाट सुरु भएको छ।
नेपाल, हङकङ र यूएईबीचको सिरिजको उद्घाटन खेलमा अहिले नेपाल र यूएई प्रतिस्पर्धा गरिरहेका छन्।
दसैं लागि सक्दा नेपाली समर्थक क्रिकेटसँग मज्जा साटिरहेका छन्। मुलपान क्रिकेट मैदानमा राष्ट्रिय झण्डासहित उपस्थित भएका दर्शकले नेपाली टिमको हौसला बढाइरहेका छन्।
युएईविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ। ताजा अवस्थामा नेपालले ८ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिएको छ। नेपालका लागि गुल्सन झा, सोमपाल कामी र करण केसीले विकेट लिए।










प्रकाशित मिति: १३:५६ बजे, बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











