२१ वर्षपछि आयो विशेष अदालत नियमावली
नियमावली कार्यान्वयनमा आएपछि अब अध्यक्षले गोला प्रक्रियाबाट इजलास तोक्ने छन्। अदालत आफैले गोलाको कार्यविधि निर्धारण गर्नेछ ।
काठमाडौं, कात्तिक १ : विशेष अदालत स्थापनाको २१ वर्षपछि बल्ल नियमावली जारी भएको छ। नेपाल राजपत्रमा प्रकाशित गरी गत २५ असोजदेखि नियमावली लागू भएको हो ।
नयाँ नियमावलीले अन्य अदालतमा जस्तै विशेष अदालतमा पनि गोलाप्रथाबाटै पेसी तोक्ने व्यवस्था गरेको छ ।
अहिलेसम्म विशेष अदालतका अध्यक्षले सदस्यहरुलाई मुद्दाहरूको पेशी तोकेर सुनुवाईको व्यवस्था हुँदै आएको थियो। नियमावली कार्यान्वयनमा आएपछि अब अध्यक्षले गोला प्रक्रियाबाट इजलास तोक्ने छन्। अदालत आफैले गोलाको कार्यविधि निर्धारण गर्नेछ।
नियमावली बनेपछि इजलास गठनदेखि प्रशासनिक कामकारबाहीमा समेत सहजीकरण हुने जनाइएको छ ।
प्रकाशित मिति: १३:३६ बजे, बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











