मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक भएको भन्दै विश्वासको मत दिन आग्रह गरे।
मोरङ, कात्तिक १ : गत साता कोशी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले विश्वासको मत मागेका छन्।
बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले विश्वासको मत मत मागे। उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक भएको भन्दै विश्वासको मत दिन आग्रह गरे।
कांग्रेसका ८ सदस्य र एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्। उनलाई राप्रपा बाहेक सबैले विश्वासको मत दिने बताइसकेका छन्।
उनले सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताए। प्रदेशसभामा सम्बोधन गदैृ उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्याउनु आफ्नो प्राथमिकता हुने बताए।
विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे।
प्रकाशित मिति: १३:३३ बजे, बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











