पर्यटनमन्त्री किरातीद्वारा विराटनगर विमानस्थलका पसल अनुगमन
‘आफ्नो निकायमा आफैंले समस्या हल गर्नको निम्ति सम्बन्धित निकायका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिन्छु। सबै सामानको मूल्य सूची निर्धारण गरेर विवरण बुझाउनु पर्यो,’ विमानस्थल अनुगमन पछि उनले भने।
काठमाडौं, कात्तिक १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुन किरातीले विराटनगर विमानस्थल अनुगमन गरेका छन्।
बुधबार गृह जिल्ला भोजपुर जाने क्रममा उनले विराटनगर विमान स्थलभित्रका पसलको अनुगमन गरेका हुन्।
‘आफ्नो निकायमा आफंैले समस्या हल गर्नको निम्ति सम्बन्धित निकायका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिन्छु। सबै सामानको मूल्य सूची निर्धारण गरेर विवरण बुझाउनु पर्यो,’ विमानस्थल अनुगमन पछि उनले भने।
यात्रुहरुलाई पनि एमआरपी हेरेर मात्र समान खरिद गर्न आग्रह गर्दै उनले यदि कही कतै एमआरपी भन्दा बढी लिएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न उनको आग्रह गरे।
त्यसअघि सामाजिक सञ्जालमा मार्फत उनले आफू गृह जिल्ला भोजपुर जान लागेको र आफ्नो स्वागतमा फूलमाला र खादाको झन्झट नगर्ने निर्देशन दिएका छन्। उनले कार्यक्रममा आफू प्रमुख अथिति नबन्ने भन्दै स्थानीय अग्रजलाई प्रमुख अतिथि बनाउन आग्रह गरेका छन्।











