Kathmandu Press

काभ्रेमा माइक्रो दुर्घटना, एक जनाको मृत्यु

दुर्घटनामा घाइते रामेछापको मन्थली नगरपालिका–१२ की २० वर्षीय रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु गएको प्रहरीले जनाएको छ।
काभ्रेमा माइक्रो दुर्घटना, एक जनाको मृत्यु

काभ्रे, कात्तिक १ : बिपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती–५ सुन्दरवस्तीमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

बुधबार बिहान काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट रामेछापको मन्थली आउँदै गरेको बा प्र ३–००१ ज ०२९८ नंको विद्युतीय माइक्रो बसले ठक्कर दिई भाग्ने क्रममा माइक्रो सडकको नालीमा खसेको थियो।

दुर्घटनामा घाइते रामेछापको मन्थली नगरपालिका–१२ की २० वर्षीय रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गाडीमा सवार मन्थलीका २३ वर्षीया पुष्पा तामाङ, मोटरसाइकल चालक इलामको थाकाथुम गाउँपालिकाका ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गाडीका चालक काभ्रेको पनौती–५ का उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १२:०७ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्